जिल्ला बजार अनुगमनः २०८३ साउन २५ गते नुवाकोट जिल्लाको मुख्य व्यापारिक केन्द्र विदुरमा एल.पी ग्यासको उपलव्धता सम्बन्धी गरिएको अनुगमन कार्य।।

जिल्ला बजार अनुगमनः २०८३ साउन २५ गते नुवाकोट जिल्लाको मुख्य व्यापारिक केन्द्र विदुरमा एल.पी ग्यासको उपलव्धता सम्बन्धी गरिएकोअनुगमन कार्य।।

नेपाल सरकारको उपभोक्ता संरक्षण ऐन तथा विद्यमान कानुनी व्यवस्था बमोजिम उपभोक्ता हित संरक्षणलाई सर्वोपरि राख्दै जिल्ला बजार अनुगमन समिति, नुवाकोट द्वारा यस जिल्लाको विभिन्न क्षेत्रमा एल. पी ग्यासको अभाव सिर्जना भएको र उपभोक्ताहरूले सास्ती भोग्नुपरेको जनगुनासोका आधारमा आज मिति २०८३-०४-२५ गते अनुगमन कार्य सम्पन्न गरिएको छ।

जिल्ला प्रशासन कार्यालय नुवाकोट र उद्योग-वाणिज्य- पर्यटन-तथा-यातायात कार्यालय नुवाकोट को संयुक्त संयोजकत्वमा सुरक्षा निकायको सहभागितामा नुवाकोट जिल्लाको मुख्य व्यापारिक केन्द्र विदुरमा सघन अनुगमन गरिएको छ।

उक्त बजार अनुगमनले गरेका निर्देशन तथा कार्यहरू:-

✓ बजारका प्रमुख ग्यास विक्रेता (डीपो) तथा गोदाममा आकस्मिक निरीक्षण गरी ग्यास विक्री वितरणको तुलनात्मक अध्ययन गरिएको,

✓अनुगमनका क्रममा कैफियत भएका विक्रेता तथा व्यवसायीलाई कृत्रिम अभाव र कालोबजारी विरुद्ध कडा निर्देशन जारी गरिएको,

✓ग्यासको दैनिक मूल्य सुची र मौज्दात विवरण अद्यावधिक गराई बिना भेदभाव ग्यास वितरणमा सचेत गराईएको,

✓जिल्लाभित्र तोकिएको कोटा बमोजिमको ग्यास नियमित रुपमा भित्र्याउन आवश्यक प्रशासनिक सहजीकरण गर्ने।।।

बजारलाई व्यवस्थित बनाउन तथा उपभोक्ता हित संरक्षण गर्न बजार अनुगमन कार्य आगामी दिनहरुमा निरन्तर र आकस्मिक रुपमा जारी रहने व्यहोरा सम्बन्धित सबैमा जानाकारी गराइन्छ।

जिल्ला बजार अनुगमन समिति, नुवाकोट र उद्योग-वाणिज्य- पर्यटन-तथा-यातायात कार्यालय नुवाकोट