जिल्ला बजार अनुगमनः २०८३ असोज २१ गते नुवाकोट जिल्लाको ककनी गाँउपालिकाको मुख्य व्यापारिक क्षेत्रमा खाद्यान्नको उपलब्धता, कृतिम अभाव सिर्जना तथा मुल्यवृद्दी को नियन्त्रण गर्न गरिएको बजार अनुगमन कार्य।
जिल्ला बजार अनुगमनः २०८३ असोज २१ गते नुवाकोट जिल्लाको ककनी गाँउपालिकाको मुख्य व्यापारिक क्षेत्रमा खाद्यान्नको उपलब्धता, कृतिम अभाव सिर्जना तथा मुल्यवृद्दी को नियन्त्रण गर्न गरिएको बजार अनुगमन कार्य।
बजार अनुगमन सम्बन्धी सूचना
नेपाल सरकारको उपभोक्ता संरक्षण ऐन तथा प्रचलित कानुनी व्यवस्था बमोजिम उपभोक्ताको हकहित, खाद्य सुरक्षा तथा सहज र उचित मूल्यमा अत्यावश्यक खाद्यान्नको उपलब्धतालाई सर्वोपरि राख्दै चाडपर्व नजिकिँदै गर्दा बढ्दो उपभोग तथा बजारमा हुनसक्ने कृत्रिम अभाव र मूल्यवृद्धिलाई मध्यनजर गरी जिल्ला बजार अनुगमन समिति, नुवाकोटद्वारा मिति २०८३ असोज २१ गते ककनी गाँउपालिकाको रानिपौवा क्षेत्रका विभिन्न बजार तथा खाद्यान्न व्यवसायीहरूको सघन अनुगमन गरिएको छ।
जिल्ला प्रशासन कार्यालय, नुवाकोट र उद्योग, वाणिज्य, पर्यटन तथा यातायात कार्यालय, नुवाकोटको संयुक्त संयोजकत्वमा, ककनी गाँउ-कार्यपालिकाको कार्यालय, सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवालाहरूको सहभागितामा अनुगमन गरी खाद्यान्नको उपलब्धता, मूल्य, मौज्दात, गुणस्तर तथा आपूर्ति अवस्थाको निरीक्षण गरिएको हो।
उक्त बजार अनुगमनका क्रममा गरिएका प्रमुख कार्य तथा निर्देशनहरू:-
✓ बजारमा म्याद नाघेका दैनिक उपभोग्य खाद्यान्न तथा किराना सामाग्रीहरुको व्यवसायिको रोहबरमा नै करिब 22 हजार बराबरको सामाग्री नष्ट गरिएको छ।
✓ खाद्यान्न तथा अत्यावश्यक उपभोग्य वस्तुका थोक तथा खुद्रा विक्रेताको आकस्मिक निरीक्षण गरी मौज्दात तथा आपूर्ति अवस्थाको जानकारी लिइएको।
✓ चाडपर्वको अवसर पारेर कृत्रिम अभाव सिर्जना गर्ने, मूल्य बढाउने, कालोबजारी तथा अनुचित व्यापारिक गतिविधि नगर्न व्यवसायीहरूलाई निर्देशन दिइएको।
✓ खाद्यान्न तथा अत्यावश्यक वस्तुको दैनिक मूल्यसूची र मौज्दात विवरण अनिवार्य रूपमा अद्यावधिक गरी उपभोक्ताले स्पष्ट रूपमा देख्ने स्थानमा राख्न निर्देशन दिइएको।
✓ बजारमा उपलब्ध खाद्यान्न तथा अन्य अत्यावश्यक वस्तुको मूल्य, गुणस्तर, म्याद तथा तौलमा उपभोक्ता नठगिने व्यवस्था मिलाउन व्यवसायीहरूलाई सचेत गराइएको।
✓ उपभोक्ताको खाद्य सुरक्षा, स्वास्थ्य र हितमा प्रतिकूल असर पार्ने गुणस्तरहीन, म्याद गुज्रिएका वा अनुचित रूपमा भण्डारण गरिएका खाद्यवस्तुको बिक्री वितरण नगर्न व्यवसायीहरूलाई सचेत गराइएको।
उपभोक्ता हित संरक्षण, खाद्य सुरक्षा, बजारको नियमित आपूर्ति तथा चाडपर्वका समयमा स्वच्छ, सुरक्षित र उचित मूल्यमा अत्यावश्यक वस्तुको उपलब्धता सुनिश्चित गर्न बजार अनुगमन कार्य आगामी दिनहरूमा समेत निरन्तर, सघन तथा आकस्मिक रूपमा सञ्चालन गरिने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ