विदुर २ बट्टार र विदुर ५ पिपलटार क्षेत्रमा बजार अनुगमन गरिएको छ

विदुर २ बट्टार र विदुर ५ पिपलटार क्षेत्रमा बजार अनुगमन गरिएको छ

खाना पकाउने ग्यांसको अभाव भएपछि विदुर २ बट्टार  र विदुर ५ पिपलटार क्षेत्रमा बजार अनुगमन गरिएको छ । ग्यांसको अभाव हुने गरि मौज्दात नगर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । वजारमा खाना पकाउने एलपि ग्यांसको अभाव भएपछि जिल्ला वजार अनुगमन समितिले वजारमा रहेका ग्यांसको डिपो, विक्रेता तथा पसलहरुमा छड्के अनुगमन गरेको हो ।